खगेन्द्र पन्धाक लिम्बू
एक्लै बसी रुने मन भो' ,रुन्छु बेस्सरी
बगाउँदो हो आँसुले नै थुन्छु बेस्सरी
राखे पनि झिके पनि पोल्छ भत्भती
बुढेस कालमा बल्ल बुझें माया एकरत्ती
बहुरंगी मनमा रुमाल बुन्छु बेस्सरी
एक्लै बसी रुने मन भो,रुन्छु बेस्सरी
बगाउँदो हो आँसुले नै थुन्छु बेस्सरी
फूल हो कि काँडा प्यारो रोजें सिउँडी
सपनीको रसरंग खोजें बिउँझी
तिता-मीठा झझल्कोलाई गुन्छु बेस्सरी
एक्लै बसी रुने मन भो,रुन्छु बेस्सरी
बगाउँदो हो आँसुले नै थुन्छु बेस्सरी
धारान
हाल:- थाईल्याण्ड
Saturday, November 20, 2010
कविता
सिम्मा र सम्झना
धरोधर्म!
मैले तिम्रो रात सापटी लिएर..
खान्ग्रे भरी-भरीको तिम्रो माया
टेम्के डाँडाको उकालोमा ..
हैरानले छिचोलेको थिएँ ,
ए सिम्मौ !
कसम होला ..यो भीडमा पनि
तिम्रो मायाको सुगन्ध...
त्यै बूकिफूल र तितेपाती भएर
मगमगाई रहन्छ..
मेरो निस्वास भरी-भरी .!
तिम्रो चोलीको तूनाको कसम,
तिम्रो मुचुन्गाको धूनको कसम ..
उधौली उँभौलीको पूजामा ..छम-छम ...
ढोल-झ्याम्टासंग एक शय पांच शिली
तिम्रो प्राकृतिक नृत्यको सलाम..
सत्ते-सत्ते,
यो सागरबीचमा पनि
किन होला -
दुधकोशी,अरुण र तमोरको पानी तिर्खाएको म?
त्यो भन्दा पनि-
तल बाँस झ्यांग फेदीबाट
तिमीले घैंलो कम्मरमा राखेर
ल्याएको पानी सम्झिएर
यो बिशाल मरुभूमि
अहिले नै पिउँ-पिउँ झैं लाग्छ !
ए सिम्मौ !
तिम्रो माया
तिम्रो संझना
पारूहांग-सुम्निमा भएर ..
गढ़नु सम्म गढेको छ छाती भरी ..
यत्रो बर्ष, यत्रो साल पनि
..आम्मै !,
म त अझै माटो नै गन्हाउँदो रहेछु ..
खै बुइंपाको हो कि..हलेशी तीरको..
सिम्पानीको हो कि कटुन्जे तीरको..
के भा' हो कुन्नी!
यो महँगो पर्फ्यूममा पनि
छनुवाको सुन्गन्ध आ'छ !
आपुई!
म त तिम्रो डबका भरी-भरिको
उधारो माया पो सम्झेछु...
छपनिमा..छानी-छानी भरेको
तिम्रो एक सेर कटुवाको
सम्झना पो कल्पेछु !
कहिले कहीं,
तिमीले जिस्किएर हानेको
बाबरी फूलको चोट बल्झी रहन्छ एकान्तमा;
लूहौ!
तिम्रो ठट्यौले माया पो सम्झेछु
सिम्मौ!
मलाई त तिम्रो यादले
घाँसको भारी झैँ बाँधीछ्यौ
माथि देउरालीको पाती झैँ
अमर-अजर रंगिन मायाका ध्वजा-पत्ताले
भित्र-भित्र गजबले सिन्गारेछ्यौ
तिन तारा डाँडामा नबस्दै
तिम्रो नूनिलो आँशु ..कोशीमा मिसाएर
तिम्रो चन्चले आँखामा सावन रुझाएर..
मलाई तिम्रो पाप लाग्ला!
चिन्डोको निम्ठो भरी..भरी..
जतनले अझै तिम्रो माया
मेरो शिरानीमा सजाएको छु !
हो,
यत्ति भए यहीबाट..
मेरो टेम्के देखी रहन्छु
मेरो कोशी देखि रहन्छु ,
मेरो मायाको गाउँ देखि रहन्छु
मेरो परुहांग-सुम्निमा..
मेरो सिम्मालाई पाईरहन्छु ..
ए सिम्मौ !
तिम्रो कसम,
उधौली उँभौलीको कसम,
यो रिबुछे कान्छोलाई
तिम्रो साह्रै माया लागीरहन्छ
सत्ते-सत्ते,
.....तिमीलाई चण्डी नाच
मन परे भन्दा झुसी-झुसी....!!
खगेन्द्र पन्धाक लिम्बू
०२ नोवेम्बर २००९
धरान
हाल:बैंकक
धरोधर्म!
मैले तिम्रो रात सापटी लिएर..
खान्ग्रे भरी-भरीको तिम्रो माया
टेम्के डाँडाको उकालोमा ..
हैरानले छिचोलेको थिएँ ,
ए सिम्मौ !
कसम होला ..यो भीडमा पनि
तिम्रो मायाको सुगन्ध...
त्यै बूकिफूल र तितेपाती भएर
मगमगाई रहन्छ..
मेरो निस्वास भरी-भरी .!
तिम्रो चोलीको तूनाको कसम,
तिम्रो मुचुन्गाको धूनको कसम ..
उधौली उँभौलीको पूजामा ..छम-छम ...
ढोल-झ्याम्टासंग एक शय पांच शिली
तिम्रो प्राकृतिक नृत्यको सलाम..
सत्ते-सत्ते,
यो सागरबीचमा पनि
किन होला -
दुधकोशी,अरुण र तमोरको पानी तिर्खाएको म?
त्यो भन्दा पनि-
तल बाँस झ्यांग फेदीबाट
तिमीले घैंलो कम्मरमा राखेर
ल्याएको पानी सम्झिएर
यो बिशाल मरुभूमि
अहिले नै पिउँ-पिउँ झैं लाग्छ !
ए सिम्मौ !
तिम्रो माया
तिम्रो संझना
पारूहांग-सुम्निमा भएर ..
गढ़नु सम्म गढेको छ छाती भरी ..
यत्रो बर्ष, यत्रो साल पनि
..आम्मै !,
म त अझै माटो नै गन्हाउँदो रहेछु ..
खै बुइंपाको हो कि..हलेशी तीरको..
सिम्पानीको हो कि कटुन्जे तीरको..
के भा' हो कुन्नी!
यो महँगो पर्फ्यूममा पनि
छनुवाको सुन्गन्ध आ'छ !
आपुई!
म त तिम्रो डबका भरी-भरिको
उधारो माया पो सम्झेछु...
छपनिमा..छानी-छानी भरेको
तिम्रो एक सेर कटुवाको
सम्झना पो कल्पेछु !
कहिले कहीं,
तिमीले जिस्किएर हानेको
बाबरी फूलको चोट बल्झी रहन्छ एकान्तमा;
लूहौ!
तिम्रो ठट्यौले माया पो सम्झेछु
सिम्मौ!
मलाई त तिम्रो यादले
घाँसको भारी झैँ बाँधीछ्यौ
माथि देउरालीको पाती झैँ
अमर-अजर रंगिन मायाका ध्वजा-पत्ताले
भित्र-भित्र गजबले सिन्गारेछ्यौ
तिन तारा डाँडामा नबस्दै
तिम्रो नूनिलो आँशु ..कोशीमा मिसाएर
तिम्रो चन्चले आँखामा सावन रुझाएर..
मलाई तिम्रो पाप लाग्ला!
चिन्डोको निम्ठो भरी..भरी..
जतनले अझै तिम्रो माया
मेरो शिरानीमा सजाएको छु !
हो,
यत्ति भए यहीबाट..
मेरो टेम्के देखी रहन्छु
मेरो कोशी देखि रहन्छु ,
मेरो मायाको गाउँ देखि रहन्छु
मेरो परुहांग-सुम्निमा..
मेरो सिम्मालाई पाईरहन्छु ..
ए सिम्मौ !
तिम्रो कसम,
उधौली उँभौलीको कसम,
यो रिबुछे कान्छोलाई
तिम्रो साह्रै माया लागीरहन्छ
सत्ते-सत्ते,
.....तिमीलाई चण्डी नाच
मन परे भन्दा झुसी-झुसी....!!
खगेन्द्र पन्धाक लिम्बू
०२ नोवेम्बर २००९
धरान
हाल:बैंकक
तीन गेडीहरु
१)
जून तारा लोभिन्थ्यो, हेरी देश नेपाल
तर आज रुदैंछ, हाम्रै प्यारो हिमाल
नजानी,
मान्छे भयौं,सारै बेमानी
२)
लेक बेंशी गरेरै, बित्यो सबै जिन्दगी
पसिनाको थोपामै, जवानी भो बन्दकी
तरर,
झर्छ आँशु, रुन्छु धरर
३)
मन मेरो डुल्दैछ, आफ्नै भिर पाखामा
मुटु मेरो चल्दैछ, बिदेशीको भाकामा
सुकेर,
मर्दैछु म, देश दुखेर
जून तारा लोभिन्थ्यो, हेरी देश नेपाल
तर आज रुदैंछ, हाम्रै प्यारो हिमाल
नजानी,
मान्छे भयौं,सारै बेमानी
२)
लेक बेंशी गरेरै, बित्यो सबै जिन्दगी
पसिनाको थोपामै, जवानी भो बन्दकी
तरर,
झर्छ आँशु, रुन्छु धरर
३)
मन मेरो डुल्दैछ, आफ्नै भिर पाखामा
मुटु मेरो चल्दैछ, बिदेशीको भाकामा
सुकेर,
मर्दैछु म, देश दुखेर
Friday, September 10, 2010
'गेडी'
नविन नेपाली साहित्यिक लेखन विधाको परिकल्पना र जन्म; सामान्य चर्चा
-खगेन्द्र पन्धाक लिम्बू
शाब्दिक परिभाषा-
गेडी-सानो आकारको दाना;फलहरुभित्रको बिऊ रहने दाना;सम्बाद र साहित्यको(विशेष नेपाली लोक साहित्यको मूलमर्म ) मुख्य तात्विक रस; सानो सुनको गहना lअब जसरी व्याख्या गरे पनि आकारले सानो तर अन्त्यन्त महत्वपूर्ण भन्ने अर्थ हुन जान्छ lयसको संरचना र भाव तत्वले 'गेडी' को पूर्ण अर्थ दिन सक्छ lत्यसैले यो विधाको नाम 'गेडी' नै राख्न उचित मानियो l
परिकल्पना र बिकल्प-
संसारको जुनसुकै भूगोल,सम्प्रदाय,समाज र वातावरणमा बाँचेका सप्पै मान्छेका आ-आफ्नै संस्कृति,धर्म,भाषा,संस्कार र शैली हुन्छन lतिनै बिबिधतामा प्रत्येकका मौलिक लेखन साहित्यका बिबिध विधा छन् अहिले हामीले लेखन विधामा अनुशरण गरेको गजल,तान्का,हाईकू, सेन्र्यू आदि र संगीतमा गाइने गजल, हिप्होप, र्याप,ज्याज,हेवीमेटल आदि पनि भूगोलका विभिन्न पाटोमा बाँच्ने मानिसहरुको मौलिक विधा हुन् lजसरी हाम्रो बिबिध लोक साहित्य र लोकगीतहरु छन् lप्रत्येक राष्ट्रमा आफ्नै-आफ्नै साहित्यिक लेखन विधाहरु छन् lहामी नेपालीहरु बहुभाषी, बहुजाति भएर धर्म,संस्कृति र अनेकानेक संस्कारले अमिर छौं lतर हाम्रो नेपाली साहित्यक क्षेत्रमा तेस्तो कुनै मौलिक नेपाली लेखन विधाको बलियो सुरुवात गर्न सकेका छैनौं lतेसैले पनि हाम्रो साहित्यिक पहिचानमा एउटा छुट्टै र मौलिक परिचयको स्थापना गर्दै विश्व सामु हाम्रो संस्कृति, कला,विचार,साहित्य र विविधतालाई चिनाउन यो गेडी विधाको परिकल्पना र सुरुवात गरिएको हो l
नेपालका हिमाल,पहाड र तराई,पूर्व,मध्य र पश्चिम जताततै हामीसंग कर्णप्रिय, लोकप्रिय,मनोहर लोक भाका र लोकसाहित्यको छेलोखेलो छ lविभिन्न सम्प्रदाय, भूभाग र संस्कृति भए पनि हामी नेपाली लोक साहित्य र संगीतसंग सरोबर हेलमेल गरेर रमाउने गर्दछौं lतिनै लोकभाकाका विभिन्न लय, संरचना र मर्ममा सन्तुलित हुने गरि यो गेडी विधाको संरचना निकै लामो कोशिसबाट तयार गरिएको छ lके कौडा,रोइला,घाँसे,बिरही,झ्याउरे, गोठाले, असारे,मारुनी वा देउडा ! सप्पैलाई समेट्ने गरि यसको संरचनामा तालमेल गराउन निकै ठुलो अनुसन्धान, प्रयोग र अध्ययन गरेर सप्पै लोक भाकाको रस र राग सम्मिश्रण गरि संगोल नेपाली लोकसंगीत, लोकसाहित्य,साहित्य, संस्कार,भूगोल र सम्पूर्ण नेपाली जनजीवनको प्रतिनिध्वत हुने गरि निश्चित रुप र गेय निर्माण गरिएको छ lयसको निर्माण,परिकल्पना,सुरुवात र प्रयोगले कुनै पनि ठेट लोकगीत,संस्कार,सम्प्रदाय,संस्कृति,साहित्य,भाषा-भाषी,जनजीवन,ईतिहांस र कुनै पनि अस्तित्व प्रति धक्का नलाग्ने किसिमले यसको संयोजन र प्रबर्तन गरिएकोछ lयसको निर्माणको प्रमुख उदेश्य भनेको नेपाल भित्रका बहुलजातिहरुको बहुल अस्तित्वलाई एकीकरण गर्दै सहकार्य,सहअस्तित्वको सम्मान र समृद्धि गर्दै नेपाली मौलिक जनजीवनभित्रका मूल्य र मान्यतालाई साहित्यिक र सांगीतिक रुपमा उजागर गरेर विश्वसामु प्रस्तुत गर्नु हो lजसले विश्व चक्षुको आकर्षण गर्न सकोस lकुनै विशेष परिधिमा नबाँधी स्वत्रन्त्र भावमा लेखिनु यो विधाको सम्प्रभुत्ता हो l
सुत्रगत गेयात्मकता-
0 0 0 0 / 0 0 0 0 0 0 0 / 0 0 0 \
0 0 0 0 / 0 0 0 0 0 0 /0 0 0 \
0 0 0
0 0 0 0 / 0 0 0 0 0 \
/=आन्तरिक बिश्राम l
=मध्य बिश्राम l
=पूर्ण बिश्राम l
यो चतुर्स्पदीय लेखन विधा हो lयसमा जम्मा स्वरहरुको आरोह-अबरोहको मात्र ४० वटा मात्र छन् l
गलबन्दीमा/ मायाको, बरु, पासो/ हालेर,\
मर्छु तिम्रो/ साथैमा, जान दिन्न/ छाडेर l\
रनैमा,
जित्छौ माया ?/ सोच मनैमा l\
प्रथम पदमा -१४
दोश्रो पदमा- १४
तेश्रो पदमा -३ र
चौथो(अन्तिम) पदमा- ९
यो सुत्रगत संरचनामा विभिन्न पश्चिमेली र पूर्वीय शास्त्रीय संगीतसंग नेपाली लोकलयलाई संगै फ्युजन गराएर पनि संगीतबद्ध गरि गाउन सकिन्छ l
ब्यस्त र परिवर्तनशील युगमा प्रभावकारी होस् भन्ने हेतुले यसको सानो आकार निर्माण गरिएको हो l
प्रथम पद- उठान -यसमा विषयबस्तुको उठान हुन्छ l (कथन'क' लाई 'उठान' नामांकरण गरिएकोछ l)
दोश्रो पद-कथन -यसमा विषयबस्तुको कथन हुन्छ l
तेश्रो पद- थेगो- यसमा बिषयबस्तु र भावको संयुक्त सुत्रधार गर्ने शब्द हुन्छ l
चौथो पद- बिट -यसले सम्पूर्ण उठान,कथन र थेगोको मूलमर्मलाई निष्कर्ष दिने काम गर्दछ l
यसको गेयमा यति, गति,मात्रा र अनुप्रासको बेजोड तादम्यता रहनु पर्दछ l
प्रथम पदको पूर्ण यतिको अवस्था पूर्वको स्वरवर्ण र दोश्रो पदको पूर्ण यतिको अवस्थामा पूर्वको स्वरवर्णमा अनुप्रास मिल्नु पर्दछ गजलको काहिया र रदीफ जस्तो वा लोकानुप्रस जस्तो l
जस्तै-
गलबन्दीमा मायाको, बरु, पासो हालेर,
मर्छु तिम्रो साथैमा, जान दिन्न छाडेर l
थेगो र बिटको अन्तिम स्वरवर्णमा पनि यहि नियम लागु हुन्छ l
जस्तै-
रनैमा,
जित्छौ माया ? सोच मनैमा l
अवस्था र सम्भाव्यता-
गेडी फेसबुक मार्फत सार्बजनिक गरिएको लगभग एक बसन्त बितिनसक्दा विश्वभरका नेपाली साहित्यकर्मीहरुले यसको चासो देखाएको यी तलका गेडी सर्जकहरुको नामावलीले प्रष्ट गर्दछ l
१.खगेन्द्र पन्धाक लिम्बू
२.अशेष यात्रु (अंग्रेजीमा प्रथम गेडी लेखक)
३.मनु लोहोरुंग
४.आबाज शर्मा
५.किरण टि. लिम्बू
५.राजेन थुलुंग
६.अमर सरोबर
७.कोषराज श्रेष्ठ
८.निराजन प्रभात लुईंटेल
९.अनुराग राना
१०.मोहन पहाडी
११..करुण थापा
१२.पी.आर. पौडेल'शिरिष'
१३..मिना बान्तवा
१३.रबि रोशी
१४.बिष्णुनन्द चामलिंग
१५.अनुराग कंडेल
१६.तिब्बत दर्लामी
१७.आचार्य सुबिसुधा
१८.टेकेन्द्र अधिकारी
१९.प्रभा आचार्य
२०.सुमन मञ्जरी
२१.हरि अधिकारी
२२.जितेन्द्र मल्ल
२३.भानु सुनुवार
२४.उदय मुस्कान
२५. सुमीत्रा पौडेल
२६.केदार श्रेष्ठ'गगन'
२७.चर्चीत ढुङ्गेल
२८.गोर्खे साईलो
२९.अविरल यात्री
३०.खेमराज गाउँले
३१.तिर्थ चापागाईं
३२.पी.के. गिरी
३३.नवराज नबोदित
३४.राजु दाहाल
३५.हरि मानन्धर
आदि l ( कोहि छुटेको खण्डमा क्षमा चाहन्छु जानकारी दिनुहोला l)
यो सानो र नेपाली लोकलयको संरचनामा बनेको हुनाले यसको प्रभावकारिता र लोकप्रियता तत्काल रहन सक्छ भन्ने बिश्वास गर्न सकिन्छ lअहिले विभिन्न डिजिटल वेब पत्रिका र साहित्यिक पत्रिकाहरुमा स्थान पाई साहित्यकार र पाठकहरुको चासो तथा आकर्षण प्राप्त गरिरहेकोछ l
भविष्यमा 'गेडी' सम्बन्धि आधारभूत 'नियमावली,चर्चा र महत्व' बारे पुस्तक,गेडी ग्रन्थ र संग्रह प्रकाशन गरिने तथा आयामिक संगीतबद्ध गरि श्रब्य चक्का निकालिने भबितब्य योजना रहेकाछन् l
समयानुकुल चलखेल गर्दै यसको ब्याख्या,संस्करण,बिकाश,चर्चा,प्रचार र सम्बर्धन हुँदै जानेछ र भविष्यमा गेडी विधाले नेपाली साहित्यिक उपस्थितिमा आफ्नो अस्तित्वलाई ध्रुब तारा साबित गर्दै लानेछ lअहिले सम्पूर्ण साहित्यप्रेमी बर्गमा ध्यानाकर्षण गराउंदै सबै साहित्यिक मनहरुमा यो विधागत जानकारीको गेडीमय अपिल गरिन्छ l
केहि गेडीहरु -
..................................................
करुण थापा
गेडी-१
बाचा मात्र गरेर कसम तोडी जानेले l
केको माया गर्छन् र झूटो कसम खानेले l
ए सानु
माया गर्नु कसम नखानु l
.......................................................
गेडी-२
तिमीलाई देखेर जिस्काउने बानी भो' l
ढल्किसक्यो उमेर मन अझै नानी भो' l
तनको
उमेर चाहि हुन्न मनको l
-----------------------------------
गेडी-३
साउनको झरीले, मेरो मन भिजायो l
फूल भन्थे जिन्दगी, काँढा जस्तै बिझायो l
गहिरो,
घरकै छेउ, गयो पहिरो ।
-----------------------------------
गेडी-४
जून झार्छु भन्दैथे, तारा झार्छु भन्दैथे l
ठाउँमा पुगे पछि त, पैसा मात्र गन्दैथे l
बेताले,
के गर्लान् र, यस्ता नेताले ।
-----------------------------------
गेडी-५
देश किन सुम्पेको लाटो अनि बुंगालाई l
पारी कैले पुर्याउला आँधी बीचको डुंगालाई l
हारे भो
यस्ताको त, आसै मारे भो' l
-----------------------------------
गेडी-६
संसारको रीति यो बल्ल पो त बुझियो l
जब ढोगें ढुंगालाई देउता भनी पुजियो l
भनाउँछ
मान्छेले नै देउता बनाउँछ ।
.........................................................
.......................................................
कोषराज श्रेष्ठ
१
पाइएन राषन ,कती सुन्ने भाषण l
सधैं भरी उस्लाई ,चिन्ता हुन्छ आसन l
केरौ न ,
यस्तो रित, अब फेरौन !
२
सम्वन्ध नै बुझ्दैन ,आफ्नै साथी भुक्नेले l
सडकमा चिच्यायो ,आकाशमा थुक्नेले l
भसक्क,
हिजो अस्ती, हुन्थ्यो मसक्क !
...........................................
.राजेन थुलुङ
१.
सयपत्री फूल झैं, ओइली झर्ने यौवन ।
जन्म-मृत्यु बिचको, सानो रेखा जीवन ।
सलामी,
माया बाडे, बड्छ मलामी ।
२.
चोक्टा खाने खेलमा, कुस्ती लड्यौ तीरमा ।
शान्ति बग्यो भेलमा, किन खोज्छौ शीरमा ?
हुदैन,
तिमी मर्दा, कोहि रुदैन ।
३.
सयौं तिम्रो घरमा, नोकर र चाकर ।
नाम्लो मेरो थाप्लोमा, गह्रुंगो छ ढाकर ।
कसरी ?
हुदैन है, न्याय यसरी ।
४.
हिड्नु पर्छ सबैले, अहिंसाको गोरेटो ।
छेल्नु पर्छ मायाले, घृणाको त्यो सिरेटो ।
कान्तिले,
बाचौं हामी, सुखशान्तिले ।
.............................................................
मोहन पहाडी
हेर्दा-हेर्दै कस्तो यो,परिवर्तन देखियो l
पानीभन्दा नदीमा,रगत धेर पो भेटियो l
कसरी ?
रगत बग्यो खोला जसरी l
...................................................
..पि . आर . पौडेल "शिरीष "
.......१.......
लाली ओठ गुलाबी, सयपत्री परेली ,
तिमीले नै भरियो, योमनको तरेली l
तालैमा,
पारि हाल्यौ , माया जालैमा ! !
.......२.......
आकासमा बादल , बन पाखा हरियो ,
तिम्ले माया देखायौ, आफु पर सारियो l
मात्तिएँ ,
बैंश ढल्यो , बल्ल आत्तिएँ ! !
.......३.......
नेपालको गौरव, पाहाडको टाकुरा ,
हिमालको काख मा , स्वाबलम्बी पाखुरा l
त्यहिहो ,
म नेपाली , देश यहि हो ! !
.......४.......
बगैचाको कुनामा, गोदावरी फक्रियौ ,
आँखा-आँखा जुधेर, मुटु भित्रै टक्रियौ l
मानेको ,
त्यसैले त , आफ्नो ठानेको ! !
.......५.......
भत्किएको कटेरो, चुहिएको छानोमा ,
अन्न छैन भकारी, गुजारा छ मानोमा l
गर्नु छ ,
गरिबले , भोकै मर्नु छ !
......................................................
अनुराग राना
(१)
रोधिघर बोला'को भेट्न भनी आएको l
वैश काट्न लागेछ त्यसैले त धाएको l
गाजलु
तिमी रै'छ साह्रै लजालु l
(२)
झिटि झ्याम्टो बोकेर ठिमीतिर लागेको l
गणतन्त्र आयो रे दिल्लीतिर भागेको l
नानीले
दु:ख पायो आफ्नै बानिले l
.......................................................
निराजन प्रभात लुईंटेल
१.
मेरै बाटो हेरेर,बस्याछन चौतारी,
संगै खेले हुर्केका,प्यारा मेरा दौतारी,
मनैमा
आज भोली फसे धनैमा!!!
२.
रातो राम्रो गुलियो मिठो हुन्छ बैसामा,
किन तिमी आफनो बैस बेच्छौ पैसामा
ठहर
नखाउहै यस्तो जहर!!!
३.
आमा तिमी महान,बस्छु तिम्रो काखैमा,
छोरा छोरी समान,दुबै तिम्रो आँखैमा,
छाँयाले
जिएकैछु तिम्रो मायाले!!!
४.
चञ्चले म गाउँले,काले भन्छन् मायाले
दिनै भरी घेर्दछ,गाउँ घरको छायाले
चञ्चले,
मत झिल्के पुर्व अञ्चले!!
५.
गाउँ मेरो सुन्दर,वास्ना छर्ने फूलैको
हुर्के बढे म पनि,पानी खादै मुलैको
यादै छ,
भित्री दिल्मा अझै ताजै छ!!
.....................................................................
अमर सरोवर
१।
बनपाखा पखेरी, खोज्यो होला माटोले
लेकबेशी पधेँरी, सोध्यो होला बाटोले
सम्झेर,
आउँनेछु, छिट्टै फर्केर ।
२।
देउराली भाकेर, म्हेन्दोमाया नाँचेर
रक्सिपोङ बोकेर, पञ्चेबाजा ठोकेर
मेलैमा,
कुराकानी, छिनौं बेलैमा ।
३।
तप्रलुङ मुन्तिर, गाईबाख्रा चरा'को
चुलबुले कान्छीले, हो कि मन परा'को
चोलीमा,
भुतुक्कै भो, उनको बोलीमा ।
४।
गाजलु ती आँखाको, नानी भित्र डुबूँ कि !
दुई चुल्ठी बाटे'कि, केश भित्र लुकूँ की !
छाँयामा,
एकोहोरो, भएँ मायामा ।
५।
घिन घिन मादल, बजाउँदै साँइला l
मन भरि सपना, सजाउँदै साँइला l
नाँचेरै,
जिन्दगानी, बिताम् हाँसेरै l
मनु लोहोरुङ
(१)
संगसंगै नुनैको, भारी खेप्दै बोलेको
फलैंचामा बिसाई, मनको पिर खोलेको
सम्झेर,
चस्स दुख्छ, छाती बल्झेर
(२)
फुल्नै छोड्यो मायाको, शिरैफूल केशैमा
रुन्छ चोली फरिया, आज भोली देशैमा
रीतिले,
बाटै भुल्यो, हाम्रो थितिले
(३)
दु:ख सुख खेपेर,चल्दै जाने जिन्दगी
किन पार्नु मनैको, इच्छाहरु बन्धकी
फूलैमा,
सुख खोज्छु, मनको मूलैमा
भानु सुनुवार
१) नेपाली भै जन्मिए, खुशी लाग्छ मलाई,
मरु म यै देशमा, शान्ति शान्ति फुलाई ।
हुदैछ,
देश दुख्दा मन रुदैछ ।
२)नाचेकोछ मुनाल, हाँसेकोछ हिमाल,
सम्पदाको धनी भै, बाँचेकोछ नेपाल ।
देशमा,
गर्व गरौ भाषा भेषमा ।
३)के छ तिम्रो मनमा, थाहा छैन मलाई,
बसेको छु सोल्टिनी, तिम्रै मायाँ फलाई ।
मन हो,
चोखो मायाँ ठूलो धन हो ।
४)धर्ती फाटे फाटोस, हाम्ले मायाँ लाउदा,
लोक निन्दा सहन्छु, तिम्रो साथ पाँउदा ।
धरती,
तागत हो मायाँ पिरती ।
क्रमश: अरु चर्चा र श्रष्टाहरुको रचना थपिने नै छन् ।

Saturday, August 28, 2010
कथा
रबि भट्ट रोषी
रत्ननगर चितवन
हालः दोहा कतार
पल्लो घरको दशैँ
कालो रेखी सेतो रेखी
गयो दशैँ देखी देखी ।
गत सालको दशैँ पनि यस्तै तरहले निख्रियो । नेपालमा दशैँको आगमनसंगै दशैँको कठालो समातेर प्रकृति पनि सुटुक्क भित्रिन्छिन् । शरद्ऋतुको रात्रिकालिन शीतको हल्का थप्पडले भुईंभरि असरल्ल बिस्कुन झै पसारिएका सुवासित पारिजातका फूलहरु, पूर्व क्षितिजबाट कलिलो सुत्केरी अनुहार लिएर टुपुल्किने नाङ्लेघाम, उत्तर तर्फ टलक्क टलक्क टल्किने हिमाच्छादित कञ्चन हिमाली श्रृंखलाहरु, आँगन तथा करेसाबारीका मलिलो माटोमा आफ्नो आधिपत्य जमाउँदै ढकमक्क फुल्ने जाई, जूही, चाँयाफूल अनि सयपत्री तथा सुपारेफूलहरु । बर्षायामको झरिले सिनित्त पारेर बढारेर कञ्चन बनेका बाटाघाटा, नदि, कुवा तथा गल्छेडाहरु । मनोहारी स्निग्धिता पस्किएर दशैँ संगै समेटिएर प्रस्तुत भईदिन्छे प्रकृति सदाको शरदकालिन दशैँ ऋतुसंगै । प्रसवता पछि स्नानादिकार्य बाट चोखिएर सुकुमार अनुहार लिएर प्रस्तुत भएकी कलिली नवआमा जस्तै । साँस्कृतिक मोहले दशैँ तिहार परम्परा धान्नको लागि अनेकौँ बहाना बनाएर मान्नु आफ्नो अलगअलग चलन त छँदै छ । तर दशैँ तिहारको चाडको निहुँ बनाएर पैसालाई सिमलको भुवा जस्तो ठान्दै जूवा खेलेर पैसा र घर जग्गा निथु्रक्क निखारेर एकै रातमा भिक्षांदेही भन्नु पर्ने अवस्थामा अवतरण हुदै त्यहि टाट पल्टाईको नियति भोग्नु परेका डाईसे जुवाडेहरुको व्यथा आफ्नो ठाउँमा छ । मासु पचाउने बहानामा खुट्टा पसारेर जाँड खानेहरुको रौनकता आफ्नो ठाउँमा छ भने मासु चपाउन नपाएका माड खानेहरुको बिवशता आफ्नै ठाउँमा छ । गरीबको दैलोमा दशैँमा न खसी छ न खसीको सिङ छ । न त भुराहरुको हर ढाक्ने नाना छ न बलेनीमा पीङ छ । जमरा उमार्ने मकै र जौ नभएर बाटो छेउको केँवराको फूल टपक्क टिपेर झुत्रे टोपीको चरबाट लुसुक्क घुसार्दै भुईंमा झरेको अक्षता सोहोरेर रिन्यु गर्दै लालाबालाको निधारमा टुसुक्क टाँसेर चाड मानी टोपल्नेको पनि दशैँ । चार सदस्यीय परिवारमा छ थरि पशु नस्लको मासुका परिकार खाएर पचाउन नसकी छेरेर चाड मान्नेको पनि दशैँ, छिमेकीको कसौँडीमा पाकेको छोराछोरीको मन धुरुक्क रुवाउने मासुको पीडादायक सुगन्ध नाक भित्र हुल्दै र छिमेकीले खाएको हेरेर चाड उम्काउने गरीबको पनि दशैँ ।
मेरो घरको पुर्वदिशामा संभ्रान्त सँधियारे, तिनै छिमेकीको बाटो पारि सम्मुखमा एउटा सार्की दाईको घर अर्थात् निर्धो छिमेकी । आँखाले केस्राकेस्रा खोस्रेर हेर्ने गरेको छु बिगतका केहि बर्ष देखि । पहिले त हालका मेरा ति संभ्रान्त छिेमेकी जोगी धुनी लगाएर नै गुजारा गरेका निरिह खानदानी रहेछन् । जोगबनी भन्सारमा ४ बर्ष लौरोले सीमा वारिपारि गर्ने बटुवा पथिकका पोका पुन्तुरा लौरोले घोच्ने काम के पाएका थिए, सनकी भाग्यले ति छिमेकीलाई सडकबाट हलक्क उचालेर महलमा पुर्याएर छोडिदिएको रहेछ । तिनै छिमेकीको छोरी गतबर्षको दशैँको छेको पारेर इम्पोरियमबाट आफ्नै रोजाईमा महंगो टि–सर्ट र मिनी स्कर्ट लिएर आईन् । आफूले ल्याएको उक्त कपडा शनैशनै पहिरिएर आफ्नै घरको दुई तल्लाको बालकोनी बाट चिच्याउँदै आमाको ध्यान आफुतिर आकर्षित गर्दै बोल्न थालिन् । “मामु........? मलाई हेरिस्योत अहिले म कस्ती देखिएकी छु ?” उनको आमाको भन्दा मेरो संघारे आँखा ति छिमेकी नानीको आभुषित नुतन बस्त्रमा बजारिन पुग्यो । छातीको उभारले धकेलेको टिसर्टको अग्रभागमा लेखिएको थियो Don't Touch Here । त्यो पढ्ने बित्तिकै मेरो आँखा त्यहि छिमेकीको दुई तलाबाट आफ्नै आँगनमा बजारिन पुग्यो । उता बाटो पारिको छिमेकी सार्कीदाईको दशैँ अन्मरिनुको व्यथा अर्कै छ । गाउँ चाहारेर आएका सार्की दाई आफुले बोकेर आएको ठूलो धोक्रे थैलो फ्यात्त पिँढिमा फाल्दै निहुरेर आफ्नो घरको पाली भित्र पस्यो । सरदर आधा दर्जन उसका अंशियार छोराछोरीहरु पिँढीमा भेला भएर झोला तानातान गर्न थाले । मानौँ यस्तो अनुभूत गराउँथ्यो त्यो दृश्यले कि सोमालियामा पाउरोटी खोसाखोस भईरहेको छ । झोलाभरि गाउँका साहुमहाजनका छोराछोरीले लगाएर पुराना भएको दोश्रो बेते कपडाहरु बटुलेर ल्याएको रहेछ र त्यसै कपडाको छिनाझपटीमा उसका सन्तानबीच भीष्मयुद्ध भईरहेको थियो । बलिया बलिया छोराछोरीले राम्रै खोसेर रोजेर हात गोडा घुसारेर दशैँ मनाए । सबभन्दा निर्धो कान्छो छोरोले एउटा मात्र बचेको कपडा हात पार्यो र त्यहि जडौरीमा आफ्नो खुट्टा घुसारेर आफ्नै पहिरन हेरेर एक फन्को फनक्क घुम्दै बाउको चिउँडो हल्लाउँदै बाउलाई सोध्यो । “बीचमा सिलाएको कट्टु भेट्टाउनु भएन बा ?” बाउ लुत्रुक्क पर्यो । गहभरि आँसु बनाएर बाटो पारिको धनाढ्य छिमेकीको छोरा छोरी लाई नियाल्यो । सार्की दाईको कान्छो छोराको पहिरन देखेर छिमेकीको छोरीले उपहासयुक्त हाँसो ओकली । बिचरो सार्की दाईको कान्छो छोरोले मस्त तरुनी जातले लगाउने मिनी स्कर्ट लगाएर पिँढीको खाँबो समाएर फन्फनी घुम्दै रमाउँदै आफैँलाई थुप्थुपाउँदै आफुलाई फुल्याई रहेको थियो ।
पातलो खरको फुस्को छानो, त्यहि पातलो छानोलाई छेड्दै रगमगिदै पुताईरहेको पीरो धुँवा । “केहि खानेकुरा दिएनन् बुढा गाउँमा ?” सार्की दाईले ओठ लेप्य्राउँदै बोल्यो । “के को दिनु नि, दमैलाई पुच्छर कामीलाई काँधो सार्कीलाई हुँदो न खाँदो पो भन्छ है पातकी बाहुन त ।” भित्रभित्रै कुँडिएर खै कुन चाहिँ बाहुन संग बेस्सरी मुर्मुरियो । उता छिमेकीको घरमा पालेको उन्नत नस्लको डोभरम्यान कुकुर नाना परिकार घिचेर घुर्न पनि नसक्ने गरी आँगनमा निस्लोट संग पल्टिरहेको थियो भने यता बाटो वारिको सार्कीदाईको घरमा छोराछोरीहरु खानै नपाएर लम्पट पेट लिएर असरट्ट पिँढिमा सुतिरहेका थिए । पिँढीबाट बाहिरीएर उनकी श्रीमति छानो माथिको बुढो घिरौँला देखाउँदै बर्बराउन थाली । “हैन ए बुढा यहि जालो पसेको घिरौँला टिेपेर भएपनि छोराछोरीलाई नुने झोल बनाएर खुवाउन पर्छ कि ?” मार्नौ यस्तो लाग्थ्योकि उनको उत्तर पर्खाईको प्रश्न गराईले घरको ठुलै महत्वपूर्ण खजाना चलाउने तम्तयारीमा अनुमतिको प्रतिक्षामा ब्यग्र छे । पिँढीबाट बाहिरीएर सार्की दाईले घरको धुरी तिर नियाल्यो र भन्यो “ए टिप टिप आजलाई गर्जो टर्छ ।” पश्चिम तर्फ ओर्लिदै गरेको थकित घामको अबीरे रबिकिरणले उसको नाकको डाँडी छिचल्दै हाँच्छ्युँ गर्न बाध्य बनायो । दुई खेप हाँच्छ्यु गर्दै आफैँ मनमनै बरबरायो । थुक्क पाजी दशैँ अब फेरि हाम्रो घरमा गल्ती गरेर पनि हाम्रो असक्तताको खिल्ली उडाउन नआइज ।

गजल
वेदनाको घाउ टाल्छु अब !
आँशु रोकी वेदनाको,घाउ टाल्छु अब !
चेतनाको मूलबाटोमा,पाउ चाल्छु अब !
अन्यायले थिचिएको,पसिनाको न्याय
खोज्नलाई मैले पनि,दाउ फाल्छु अब !
असमान मोल भयो,मान्छे-मान्छे बीच
साफा नाफा बराबरी,भाउ हाल्छु अब !
रुयो वस्ती अध्याँरोमा,हराएर दिन
संघर्षको अगेनामा,नाउ बाल्छु अब !
सहेकै हो थिचोमिचो,पुस्तौं पुस्ता देखि
जरैबाट ज्यादतीको,माउ ढाल्छु अब !
१९ साउन २०६७
बुधबार
आँशु रोकी वेदनाको,घाउ टाल्छु अब !
चेतनाको मूलबाटोमा,पाउ चाल्छु अब !
अन्यायले थिचिएको,पसिनाको न्याय
खोज्नलाई मैले पनि,दाउ फाल्छु अब !
असमान मोल भयो,मान्छे-मान्छे बीच
साफा नाफा बराबरी,भाउ हाल्छु अब !
रुयो वस्ती अध्याँरोमा,हराएर दिन
संघर्षको अगेनामा,नाउ बाल्छु अब !
सहेकै हो थिचोमिचो,पुस्तौं पुस्ता देखि
जरैबाट ज्यादतीको,माउ ढाल्छु अब !
१९ साउन २०६७
बुधबार
गीत
आफैसंग हारेको छु....
एकोहोरो दिलको नाउमा,तिमीलाई तारेकोछु l
चाहनाको जित पाउन, आफैसंग हारेकोछु l
दुई नजर नबोले'नि
मधुमासको गीत दिन्छौ
यस्तो लाग्न थालेकोछ
शिखर चुम्ने जित दिन्छौ
निभ्न खोज्दा प्रेम-शिखा, धैर्यताले बारेकोछु l
तिम्रो मन जित्न म त, आफैसंग हारेकोछु l
बिहानीले धरतीको
चोखो सिउँदो भरे जस्तै
किरण बोकी,रातमा जून
संधैं भुईंमा झरे जस्तै
हृदयको सगरबाट,खुसी-फूल झारेकोछु l
आफुलाई जित्न मैले, धेरैचोटी हारेकोछु l

लिएनौ,खामभित्र सिङ्गो जीवन हालेर दिएकै हो l
लिएनौ,गामभित्र सिङ्गो जीवन पालेर दिएकै हो l
के भनुँ ! आफ्नो देश अबिकशित भयो रे, दुखेसो छ l
लिएनौ, कामभित्र सिङ्गो जीवन गालेर दिएकै हो l
होड्बाजी जताततै, योग्य व्यक्ति छानेर राखे हुन्थ्यो !
लिएनौ,लामभित्र सिङ्गो जीवन फालेर दिएकै हो l
समय कुदेकैछ हेर्दा-हेर्दै पछौटे भईयो आज !
लिएनौ,यामभित्र सिङ्गो जीवन चालेर दिएकै हो l
'खगेन्द्र' कुनै पनि नेता होइन बिज्ञापन छैन मेरो !
लिएनौ,नामभित्र सिङ्गो जीवन टालेर दिएकै हो l

Wednesday, August 25, 2010
कविता
खगेन्द्र पन्धाक लिम्बू
धरान
हाल: थाईल्याण्ड, व्यङ्कक
शिघ्रविदारक आँखा !
जीवन
जल्दै जाओस ..
हजार जुनीको
ऐझेरु तपस्या कुल्चेर
ललाटमा
अग्नि बाल्दै..
उपप्लव जीवनसंगै l
ताप भन्दा तातो छु l
तातो भन्दा ताप छु l
I stand..
leaning toward frivolity..
just, against of ..
Magnetic angles of fate.
Devices of brain
and---
in the opposite of ..
junk trade of culture,
declaring myself
as grass of forehead..
beneath volcanic land.
कश्मलबाट
नेयर्थ आँधीबेहरी
इन्द्रियमा बोकेर
मनो-सागर चर्किंदा
हरियाली फैलिन्छ-
नवरचनामा स्वमन l
शिल्पफूलमा विध्वंस देख्छु l
विध्वंसमा शिल्पफूल देख्छु l
when-
My flag of
Pedigree burns..
I can smell -
the blushful mists of hearts.
बितृष्णाबाट
उकालो जीवन चढ्दा,
रगटिएर युगसँग -
डढ्यो ऐन्द्रिक-पवन l
र
दुर्गन्धमा
मान्छे सुँघ्दैछु l
मग-मग मान्छे होस् !
मान्छे मग-मग होस !!
From,
roasted land of heart..
optimism blooms-
for a new sky.
A wrecking..
grows new world.
गगनमा खरानी देख्छु l
खरानीमा गगन देख्छु l
The length of supertwister,
or,
these my two eyes are
fission bomb-
laying on everyone's hand ,
for a new life.
आँखा हो सन्सार l
संसार आँखा हो l
निर्विकल्प
शिघ्रविदारक आँखा !
धरान
हाल: थाईल्याण्ड, व्यङ्कक
शिघ्रविदारक आँखा !
जीवन
जल्दै जाओस ..
हजार जुनीको
ऐझेरु तपस्या कुल्चेर
ललाटमा
अग्नि बाल्दै..
उपप्लव जीवनसंगै l
ताप भन्दा तातो छु l
तातो भन्दा ताप छु l
I stand..
leaning toward frivolity..
just, against of ..
Magnetic angles of fate.
Devices of brain
and---
in the opposite of ..
junk trade of culture,
declaring myself
as grass of forehead..
beneath volcanic land.
कश्मलबाट
नेयर्थ आँधीबेहरी
इन्द्रियमा बोकेर
मनो-सागर चर्किंदा
हरियाली फैलिन्छ-
नवरचनामा स्वमन l
शिल्पफूलमा विध्वंस देख्छु l
विध्वंसमा शिल्पफूल देख्छु l
when-
My flag of
Pedigree burns..
I can smell -
the blushful mists of hearts.
बितृष्णाबाट
उकालो जीवन चढ्दा,
रगटिएर युगसँग -
डढ्यो ऐन्द्रिक-पवन l
र
दुर्गन्धमा
मान्छे सुँघ्दैछु l
मग-मग मान्छे होस् !
मान्छे मग-मग होस !!
From,
roasted land of heart..
optimism blooms-
for a new sky.
A wrecking..
grows new world.
गगनमा खरानी देख्छु l
खरानीमा गगन देख्छु l
The length of supertwister,
or,
these my two eyes are
fission bomb-
laying on everyone's hand ,
for a new life.
आँखा हो सन्सार l
संसार आँखा हो l
निर्विकल्प
शिघ्रविदारक आँखा !
कविता
खगेन्द्र पन्धाक लिम्बू
धरान, नेपाल
हाल: थाईल्याण्ड
कृष्णभिषारिका सम्बोधन !
कृष्णाभिसारिका !
अब,
मलाई
रातमा नभेट्नू l
अँधेरीसंग
पारपाचुके गरें l
............हो,
सम्बन्ध बिच्छेद गरें l
............................गरें l
रात
चोरहरुको हो l
मलाई
टन्टलापुर घाममा
उज्यालो माया खोल्नू l
हामी,
रातसँग नमिल्ने भयौं l
पत्रिया...
मेरी प्रेयसी होइनन l
प्रेयसी...
पत्रिया...हुन सक्दिनन l
रात,
छँदै छैन l
कमार्तन सकियो l
डोकेसो भोग्न
युग मान्दैन l
बोक्सीको आरोपमा
लिंगभेदी अरिष्ट
कलुषीका जाल होलान !
चेतनाको
अर्गेली खोलेर
उज्यालोमा हेर्नूं
आफ्नै,
जीवन घाम हो l
घाम,
आफ्नै जीवन हो l
अनुशयना
आफुलाई नसम्झिनू l
अर्थात्
सम्झिनू l
रात भत्कियो l
कपिन्जल हुनु पर्दैन l
स्वतन्त्रताको कल्लेली
बग्छ -
हो, साँच्ची बग्छ -
कोशी के बगोस त्यसरी ?
प्रगल्भा हौ l
प्रगल्भा तिमी नै हौ l
अब,
लिगलगा छैन l
रात=दिन
तिमी= म
विषाक्त शेषशायी
पुरुष नायकीवाद
सुमुखीले
मेरो पुरुषार्थ
हत्या गरेर
आज
हैकमवादको
अन्त्य गर्नू l
पोते-चुरा तोडेर
बुर्का हटाएर
लालिमा मै
खुलस्त हेर्छु l
निस्पट अँधेरोसंग
उछ्वांसमा
कुमारी बैंस नसाट्नू l
लिंगहीन सम्भोगले
जिन्दगी जन्माउनू l
घामसंग
कौमार्यको बियाडमा
सनातन बिऊ छर्नू l
ऊह मात्र
हुँदै होइन l
झूमक आकाश रच्ने
त्रैकालिकका मालिक
मेरी
प्रेयसी l
युग दृष्टजा !
आगो हुनू l
भूतिभूषणहरुले
अझै पनि
नसी देख्दो हुन् !
देउकी-देउचेली
मान्दिन-नमान l
समलिंगी
युग जन्माउन
सतित्वहीन संसर्ग
अब,
दिन-दहाडै
प्रकाशसँग साट्नू l
उजेलोसंग लेनदेन गर्नू l
तिमी=पृथ्वी
सम्बोधन गर्छु-
कृष्णाभिसारिका !
अब,
मलाई
रातमा नभेट्नू l
प्रेम उज्यालो l
उज्यालो प्रेम l
धरान, नेपाल
हाल: थाईल्याण्ड
कृष्णभिषारिका सम्बोधन !
कृष्णाभिसारिका !
अब,
मलाई
रातमा नभेट्नू l
अँधेरीसंग
पारपाचुके गरें l
............हो,
सम्बन्ध बिच्छेद गरें l
............................गरें l
रात
चोरहरुको हो l
मलाई
टन्टलापुर घाममा
उज्यालो माया खोल्नू l
हामी,
रातसँग नमिल्ने भयौं l
पत्रिया...
मेरी प्रेयसी होइनन l
प्रेयसी...
पत्रिया...हुन सक्दिनन l
रात,
छँदै छैन l
कमार्तन सकियो l
डोकेसो भोग्न
युग मान्दैन l
बोक्सीको आरोपमा
लिंगभेदी अरिष्ट
कलुषीका जाल होलान !
चेतनाको
अर्गेली खोलेर
उज्यालोमा हेर्नूं
आफ्नै,
जीवन घाम हो l
घाम,
आफ्नै जीवन हो l
अनुशयना
आफुलाई नसम्झिनू l
अर्थात्
सम्झिनू l
रात भत्कियो l
कपिन्जल हुनु पर्दैन l
स्वतन्त्रताको कल्लेली
बग्छ -
हो, साँच्ची बग्छ -
कोशी के बगोस त्यसरी ?
प्रगल्भा हौ l
प्रगल्भा तिमी नै हौ l
अब,
लिगलगा छैन l
रात=दिन
तिमी= म
विषाक्त शेषशायी
पुरुष नायकीवाद
सुमुखीले
मेरो पुरुषार्थ
हत्या गरेर
आज
हैकमवादको
अन्त्य गर्नू l
पोते-चुरा तोडेर
बुर्का हटाएर
लालिमा मै
खुलस्त हेर्छु l
निस्पट अँधेरोसंग
उछ्वांसमा
कुमारी बैंस नसाट्नू l
लिंगहीन सम्भोगले
जिन्दगी जन्माउनू l
घामसंग
कौमार्यको बियाडमा
सनातन बिऊ छर्नू l
ऊह मात्र
हुँदै होइन l
झूमक आकाश रच्ने
त्रैकालिकका मालिक
मेरी
प्रेयसी l
युग दृष्टजा !
आगो हुनू l
भूतिभूषणहरुले
अझै पनि
नसी देख्दो हुन् !
देउकी-देउचेली
मान्दिन-नमान l
समलिंगी
युग जन्माउन
सतित्वहीन संसर्ग
अब,
दिन-दहाडै
प्रकाशसँग साट्नू l
उजेलोसंग लेनदेन गर्नू l
तिमी=पृथ्वी
सम्बोधन गर्छु-
कृष्णाभिसारिका !
अब,
मलाई
रातमा नभेट्नू l
प्रेम उज्यालो l
उज्यालो प्रेम l
Subscribe to:
Posts (Atom)