Saturday, August 28, 2010

गजल

वेदनाको घाउ टाल्छु अब !

आँशु रोकी वेदनाको,घाउ टाल्छु अब !
चेतनाको मूलबाटोमा,पाउ चाल्छु अब !

अन्यायले थिचिएको,पसिनाको न्याय
खोज्नलाई मैले पनि,दाउ फाल्छु अब !

असमान मोल भयो,मान्छे-मान्छे बीच
साफा नाफा बराबरी,भाउ हाल्छु अब !

रुयो वस्ती अध्याँरोमा,हराएर दिन
संघर्षको अगेनामा,नाउ बाल्छु अब !

सहेकै हो थिचोमिचो,पुस्तौं पुस्ता देखि
जरैबाट ज्यादतीको,माउ ढाल्छु अब !


१९ साउन २०६७
बुधबार

No comments:

Post a Comment