Saturday, August 28, 2010

गीत

आफैसंग हारेको छु....



एकोहोरो दिलको नाउमा,तिमीलाई तारेकोछु l

चाहनाको जित पाउन, आफैसंग हारेकोछु l



दुई नजर नबोले'नि

मधुमासको गीत दिन्छौ

यस्तो लाग्न थालेकोछ

शिखर चुम्ने जित दिन्छौ


निभ्न खोज्दा प्रेम-शिखा, धैर्यताले बारेकोछु l

तिम्रो मन जित्न म त, आफैसंग हारेकोछु l


बिहानीले धरतीको

चोखो सिउँदो भरे जस्तै

किरण बोकी,रातमा जून

संधैं भुईंमा झरे जस्तै


हृदयको सगरबाट,खुसी-फूल झारेकोछु l

आफुलाई जित्न मैले, धेरैचोटी हारेकोछु l



मनु लोहोरुङ

No comments:

Post a Comment