Wednesday, April 14, 2010

गीत

पारिजातको फूलसंगै.......

पारिजातको फूलसंगै गीत झरेछ।।
मिरमिरेको तारासंगै प्रित झरेछ ।।

सोचेको'थें फूलसंगै,गीत फुलिरहोस।
चाहेको'थें लहरा मै, प्रित झुलिरहोस।
सोचे जस्तो नहुने यो,मानिसको चोला।
किन भई दियो होला, नफर्किने खोला ?


जिन्दगीको मध्य दिनमा शीत झरेछ।।
मुहार भरी खुशी बोक्ने रीत झरेछ ।।


आँशु-फूल फुल्यो यहाँ, एक्लै बिरानीमा।
भिज्यो गह जम्यो दह, सधैं सिरानीमा।
कहिले घाम कहिले छाँया,हुदैछ यो मन।
आधी चिसो आधी तातो,भै' रै'छ जीवन।।

पारिजातको फूलसंगै गीत झरेछ।।
हारीदिन्छु दु:ख भन्थें,जीत झरेछ।।




२७/११/२०६६

No comments:

Post a Comment