Wednesday, April 14, 2010

कविता

जिजिविषा मनको...

आफ्नै जिजिविषामा
कनिकुथीको खेती
गर्दै शिशिरको.....
बेहद हुस्सु चलेकै छ।
उता मेरो धर्तीमा
द्वन्दको
चिराग जल्दा,
विराग
अन्तर्मनको पाटोमा
लम्पसार रहेकै छ।

संयोग,
मनको ढोका
उघ्रियो,
जस्केलोमा....
उही मनको मैना
चर्दै पो रहेछ।
बिचरा !
पुरै जीवनको बसन्त,
आफ्नो दु:खको माला
रौँ रौँमा उनेर,,,,
पनि बेहद खुशीमा
बन्द आफ्ना सबै
छेस्किनी खोलेर रमाउदैछ ।

जीवनको
लहरी डांडामा
उक्लेर,,,,टुसुक्क,
मनको न्यानो भित्र
एक्लै राप ताप्दै,
मालबाँसको....
चोया काढेर,
म पनि,,.
लिम्ची फूल सजाउने
सपनाको डोको बुन्दैछु ।

मुना मदनको
खण्ड काव्य
मनको लाइब्रेरीमा
राखेर,,,,,
बिरानो शहरमा
प्रतिकुल कहर,
काट्दै,,,,,
स्पर्शको मन्दी भित्र
समयको पावन्दीमा
अनुराग नियाल्दै,
रोमियो जुलीएटको
प्रत्यक्ष सिनेमास्कोप हेर्दैछु।

सभ्यताको
चरम बिकासमा
उही मान्छे,
उही मन,
उही दुई जाती,
कस्तो फरक....?
मानव भित्रको प्रेम,
अनि,
समाजको दृष्टि,
संस्कृतिको सुचलन
सोच्छु,,,,,एक्लै,
ओहो !
म त ढुंगे युगबाट
भर्खर संसार
चिहाउदै रहेछु।

अब,
यस्तो लाग्दैछ,
मेरो,,,
निलो......
धरातलमा पनि,
पक्कै सभ्यताको,
सेतो रंग आफैले फेर्नु पर्छ !!!





लहरी डांडा= संखुवासभा जिल्लामा रहेको एक रमाइलो डांडा ।
लिम्ची फूल= (लिम्ची=मेरो जातिया भाषामा फूलको नाम) एक किसिमको बास्नादार बुट्ट्यान जसको पात महिनौ सम्म सुक्दैन।


१३ फाल्गुन २०१०
बिहिबार

No comments:

Post a Comment