Wednesday, April 14, 2010

गज़ल

थोरै रीस मिसाएर,धेरै माया दिउँला सानु ।।
दु:ख-सुख मिसाएर,आधी-आधी जिउँला सानु।।


धर्ती हाम्रो बराबरी, आफै बोक्छु आकाश सारा
घाम-छाँया मिसाएर,आधी-आधी लिउँला सानु ।।


भोको-पेट सधैंभरी , तिम्रो मेरो जीवन कथा
आँशु-हाँसो मिसाएर,आधी-आधी पिउँला सानु ।।


थोत्रो भयो जग हाम्रो, टालौं अब मनको वस्ती
सियो-धागो मिसाएर,आधी-आधी सिउँला सानु ।।




१९/१२/२०६६
बिहिबार

No comments:

Post a Comment