Sunday, January 24, 2010

गज़ल

नछुटिने एउटा नाता,जोड्नु थियो तिमीसंगै

नटुंगिने एउटा यात्रा, मोड्नु थियो तिमीसंगै//


चाहिदैन मलाई यहाँ,घोच्ने काँडा गुलाफको,

अजम्मरी एउटा फूल, गोड्नु थियो तिमीसंगै//


जूनी-जूनी अधर गाँसी,जिन्दगीको उकालोमा,

दु:खका यी पहराहरु, फोड्नु थियो तिमीसंगै//


खुरा फ़ाती गर्ने गरुन, मात्र साथ पाए तिम्रो,

समाजको बन्धनसबै, तोड्नु थियो तिमीसंगै//


नछुटिने एउटा नाता, जोड्नु थियो तिमीसंगै,

नसकिने एउटा यात्रा, मोड्नु थियो तिमीसंगै//



२१ जनवरी २०१०
बिहिबार

No comments:

Post a Comment