Tuesday, January 19, 2010

गीत

एकातिर मेचीकाली...........


एकातिर मेचीकाली सिमानमा भांडिएको
अर्को तिर भाई भाइ घर भित्रै बाडिएको ।।

स्वदेश मै गरि खाउंला भन्ने मन त थियो
लेक,बेंशी तराई,पहाड टुक्रा टुक्रै पारिएको
सकिन म आंङ् ताप्न न्यनो घामको राप
एउटै घरको आंगनलाई खण्ड खण्ड बारिएको ।

गांउ,शहर जता हेर्यो उतै ढुङगा मुढा हुने
राजनीतिका सांढेहरु जताततै छाडिएको,
सकिन म सहनलाई सबैको थिचो मिचो
एक्ली भएं दुखी चेली त्यहि भएर टाढिएको ।

एकातिर मेचीकाली सिमानामा भांडिएको
अर्को तिर भाई भाइ घर भित्र बाडिएको ।।

No comments:

Post a Comment