Tuesday, February 9, 2010

कविता

अक्षरको बिउ छर्नुछ

बिगत देखि वर्तमान सम्म
यो रुखो ओइलानी बारीमा
जीवनले फड्को मारे पनि
अब सबै पाटोहरुमा,
नयाँ उन्नत जातको बिउ
छरेर युग युगलाई पुग्ने
दिमागी अनाज उत्पादन गर्नुछ,
यहाँ सग्लो अर्थका युरिया हालेर
विचारका रसिला दानहरु फलाउनु छ /

सृजनाका गराहरुमा
अचेंतनका सबै बाँझो पल्टाएर,
उन्नत बिचारका रोपाई गर्नुछ/
त्यसका लागि सबै,,,,
लाठे हली मात्र होइन,रोपारहरु पनि
मनको बारी डिलमा निस्केर,
जिवनका उत्कर्ष याम केलाउदै
अथक जाँगर बोकेर,,,,,,,,,,,
यहाँ कलमको अनौ र अक्षरको
बिउ हात हातमा लिएर जुर्मुराउनुछ/

एकचोटी चट्यांग परेर
दिन उघ्रिदै गएकोछ,
यतिखेर एउटा आयाम छ,
धर्तीमा निर्भिक चेतना,
अनि उज्यालो चिन्तनको ,
राम्रो खेती मौलाउने
दरिलो आयाम,,,,,
अब झरी परे पनि
तिक्त सोचका खहरेहरु
उर्लिनु हुदैन, यहाँ,,,,
इतिहास डुब्ने भंगालो पर्नु हुदैन/
हिजो सम्म जो संग अन्जान
पथ भए पनि आजबाट
छर्लंग सभ्यताको बिम्ब देखिने
नयाँ गोरेटोको सुरुवात गर्नुछ/

हत्केलामा कलमका ठेलाहरु बोकेर
मुरी मुरी साहित्य आर्जन गर्नुछ,
आफ्नै जगतको कन्तुरमा, इज्जतका
असर्फी पोल्टो भरि बोकेर भोलि
नयाँ पुस्ताको इतिहास,,,,,,,,,
विश्वका लिखित हस्तीहरुको,
नाम बोलाउने भिजिटिंग रुम सम्म पुग्ने,
एउटा सिल्क रोड तयार गर्नुछ/

No comments:

Post a Comment