Tuesday, January 26, 2010

गीत

मेरो मनको ताल भरी...........


मेरो मनको ताल भरि, कल्पनाको पानी,
पौडि-रै'छ त्यहीं भित्र, मेरो जिन्दगानी ।।

खोला भई बग्छु भन्थें, पुग्न सागरमा,
तर म त अल्झिएछु, यतै बगरमा ।
पहिरो गयो जिवनबिच, धमीलियो पानी,
सोचे जस्तो सङ्लिएन,कहिले जिन्दगानी ।।
मेरो मनको ताल भरी.....
पौडि-रै'छ त्यहीं भित्र.....

साथी भाइले यही धर्तीमा,चुमी रै'छन आकाश,
आफ्नो त तुवाँलोले, छेकिदिन्छ प्रकाश ।
मनको शीत जमेर नै हिउं भयो पानी,
कल्पना मै बग्ने भयो, सधैं जिन्दगानी ।।

मेरो मनको ताल भरी,कल्पनाकोपानी,
पौडि-रै'छ त्यही भित्र, मेरो जिन्दगानी ।।




२० जनवरी २०१०
बुधबार

No comments:

Post a Comment