एउटा चिट्ठी पठाई देउन.......
सधैँ तिम्रो याद आउछ, आज भोली रातमा,
एउटा चिट्ठी पठाई देउन, हुलाकीको हातमा ।।
हुन्थ्यो होला मन शित्तल, तिम्रो चिट्ठी पाउदा,
त्यहि पढि बस्थें होला,फेरी झल्को आउंदा ।
तिम्रो जस्तै छांया देख्छु, यो जुनेली रातमा,
एउटा चिट्ठी पठाई देउन, हुलाकीको हातमा ।
सधैँ साथ भए हुन्थ्यो, लागिरहन्छ यो मन,
मनले सोचे जस्तो कहां, हुदो रै'छ जिवन ।
तिर्खा भरि आँशु पिउंदै, बसेकोछु यादमा,
एउटा चिट्ठी पठाई देउन, हुलाकीको हातमा ।
सधैँ तिम्रो याद आउछ, आज भोली रातमा,
एउटा चिट्ठी पठाई देउन, हुलाकीको हातमा ।।
मतिरै आइरहेछन
5 years ago